पोखरा – राजतन्त्रको विकल्प छैन भन्दै आज राजसंस्था समर्थकले पोखरामा राष्ट्रिय झण्डा सहित विशाल र्यालीको आयोजना गरेका छन् ।
गणतन्त्रको विरोध तथा राजसंस्थाको समर्थन गर्दै आयोजना गरिएको उक्त र्याली अमरसिंहचोकबाट शुरु भइ पोखराको पृथ्बीचोक, मुस्ताङचोक, लेकसाइड, हल्लनचोक, जिरोकिलोमिटर, सभागृहचोक हुँदै मानवअधिकार चोक पुगेर कोण सभामा परिणत भएका थिए ।
र्यालीमा युवायुवती, महिला, पुरुष लगायत वृद्ध व्यक्तिको पनि सहभागिता रहेको थियो । सहभागीहरुले राजतन्त्रको पुनर्वहाली तथा देश बचाउन आफुहरु राष्ट्रिय झण्डा बोकेर आएको प्रतिक्रिया दिए । र्यालीमा सहभागी मध्येका पोखरा पराजुली मार्गका सुजन बाबु पौडेलले नेपालको अस्तित्व रक्षा गर्नका लागि प्रजातन्त्रको मियो चाहिने र त्यो मियो भनेको राजसंस्था भएको प्रतिक्रिया दिए ।
सहभागीले राजतन्त्र जिन्दावाद, अखण्ड नेपाल जिन्दावाद, गणतन्त्र मुर्दावाद, राजसंस्थाको विकल्प छैन, राजा आउ देश बचाउ, भन्दै बाजागाजा सहित नगर परिक्रमा गरेका थिए । र्यालीमा कास्की सहित छिमेकी जिल्लाबाट आएका समर्थकहरुको सहभागीता रहेको थियो ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ