तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले घाँसीकुवाबाट लागुऔषधसहित लागुऔषध कारोबारी पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको भानु नगरपालिका वडा नं ६ ढुङ्गागाडे घर बताउने हेडडिम भन्ने ३१ वर्षीय पुर्ण बहादुर दमै रहेको प्रहरीले जनाएको छ ।
आइतबार बिहान जिल्लाको व्यास-१२ घाँसीकुँवा स्थित पृथ्वी राजमार्ग सडकको उत्तरी किनारामा शंकास्पद हर्कद देखाई पछाडी झोला बोकी शंकास्पद अवस्थामा दमैलाई पक्राउ गरेको हो ।
उनको शरिर तलासी लिदा उनले पछाडी बोकेको झोला भित्र प्लाष्टिकले पोका पारी लुकाई छिपाई राखेको अवस्थामा २ मिलिको तरल पदार्थ सहितको डाइजेपाम लेखेको सिसि थान ३९, नोफिन लेखेको सिसि थान ३९, फेनेरेगन लेखेको सिसि थान ३९ गरी जम्मा ११७ थान फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।
दमैलाई तनहुँ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप अनुमती लिई लागु औषध मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव निरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।
सम्बन्धित खबर
६५ वर्षीय एक पुरुष मृत फेला
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
अयरपानीमा आँधीखोला फाउन्डेसनको परिकल्पना
वन उद्यम स्थापना सम्बन्धी अभिमुखीकरण एवं कार्यशाला गोष्ठी
दोस्रो राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव शुरु
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते