पोखरा २८ की ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु पुष्टि

पोखरा २८ की ६० वर्षीया महिलाको कोरोनाबाट मृत्यु पुष्टि

corona death

File Photo.

पोखरा – कोरोना संक्रमणका कारण थप एक जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको अद्यावधिक विज्ञप्ति अनुसार पोखरा महानगरपालिका वडा नं -२८ निवासी ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको हो ।

मंसिर ३ गते बुधबार कोरोना पोजेटिभ देखिएर पोखरा स्वास्थ्य  विज्ञान प्रतिष्ठान भर्ना भएकी उक्त महिलाको उपचारका क्रममा आज बिहीबार दिउँसो १२:५० बजे मृत्यु भएको अस्पतालले जनाएको छ । निमोनिया र  मृगौलाको समस्या रहेकी उक्त महिलाको मृत्यु संगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds