पोखरा । पोखराको पुम्दीकोटमा शिवमूर्ति निर्माण गरिएको छ । पोखरा महानगरपालिका–२२ को पुम्दीभुम्दीस्थित पुम्दीकोटलाई धार्मिक एवं पर्यटकीय आकर्षणको केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले भगवान शिवको विशाल मूर्ति बनाइएको हो ।
भारत मथुराबाट शिवको मूर्ति पोखरा ल्याइएको पुम्दीकोट विशाल महादेव मूर्ति निर्माण तथा पर्यटन प्रवद्र्धन उपभोक्ता समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए ।
जडान गर्दा ताकाको तस्वीर:
अष्ठधातुजडित फाइवर ग्लासको ६ टन तौल बराबरको सो मूर्ति लिफ्ट र क्रेनको सहयोगमा जडान गरिएको अध्यक्ष बरालले बताए । मूर्ति जडानका लागि भारतबाटै कालिगढी झिकाइएको उनले बताए ।
भारतको मथुरामा निर्मित सो मूर्ति जडानमा हाल २० जना कामदार खटिएका थिए । ‘नागरिक उड्डयन प्राधिकरणको सुझावलाई मध्यनजर गर्दै १०८ फिटबाट घटाई ५१ फिटमा झारिएको हो’ अध्यक्ष बरालले भने–‘उभ्भिएको मूर्ति राख्ने योजना थियो। अहिले बसेको(पद्मासनको) मूर्ति राखिएको हो ।’
सम्बन्धित खबर
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
सफल फेमिली मिल्क बजारमा, ‘ढुक्क भई पिऔँ, इम्यूनिटी बढाऔँ’
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते