म्याग्दी – सदरमुकाम बेनी नगरपालिका वडा नं – ४ बाट प्रहरीले हतियार र कालिजसहित ५ शिकारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बेनी – ४ थामडाँडाका ४९ वर्षीय पूर्ण गुरुङ, २० वर्षीय सन्दीप गुरुङ, २५ वर्षीय सन्तोष गुरुङ, ३६ वर्षीय सकबहादुर गुरुङ र २१ वर्षीय सञ्जय गुरुङ रहेका छन् ।
वन्यजन्तुको चोरी शिकारी हुने गरेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीको टोलीले रातको समयमा थामडाँडाको अर्जे खोलाको जंगलमा आइतबार राति कालिज र एक थान एक नाले भरुवा बन्दुक सहित उनीहरुलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी हिरासतमा रहेका उनीहरु विरुद्ध वन्यजन्तुको अवैध चोरी शिकारी र अवैध हातहतियार तथा खरखजनासम्बन्धी मुद्दा चलाउने प्रहरीले तयारी गरेको छ ।
सम्बन्धित खबर
‘देउसी भैलोको मौलिकता हराउन नदिन नयाँ पुस्ताले चासो दिनुपर्छ’
पाँच हजार चार सय मिटर उचाइको थोराङमा सरसफाइ
एउटै वडामा ३ वटा पुल एकैसाथ निर्माण
पाेखरा-बेनी खण्डमा ट्याक्सी चालकको आफूखुसी भाडा
सात वर्षमा पनि पूरा भएन मालढुङ्गा–बेनी–जोमसोम सडक
म्याग्दीका छ वडामा एकैपटक स्वास्थ्यचौकी भवन निर्माण
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ