कास्कीका १४८ सहित गण्डकीमा थप २१० जनामा कोरोना पुष्टि

कास्कीका १४८ सहित गण्डकीमा थप २१० जनामा कोरोना पुष्टि

IMG_5813

पोखरा – गण्डकीमा शनिबार थप २१० जनामा कोरोना पुष्टि भएको छ।

स्वास्थ्य निर्देशनालय जारी अद्यावधिक विज्ञप्ति अनुसार पछिल्लो २४ घन्टामा प्रदेशका १२७९ जनाको पीसीआर गरिएकोमा २१० जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो । आज थपिएका संक्रमित संगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १० हजार दुई सय पचासी पुगेको छ ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ८ जिल्लाका छन् । जसअनुसार कास्कीमा १४८, तनहुँमा १४, गोरखामा ६, लमजुङमा ५, स्याङ्गजामा ५, पर्वतमा १८, बाग्लुङमा ४ र म्याग्दीका १० जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा ६१ जना कोरोना मुक्त भएका छन् । यो संगै, कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ५ हजार साठी पुगेको छ ।

यस्तै पछिल्लो २४ घन्टामा गण्डकीमा थप ५ जनाको मृत्यु पुष्टि भएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२३ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए  ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds