कोरोना संक्रमणका कारण पोखराका ४ सहित थप पाँच जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका ४ सहित थप पाँच जनाको मृत्यु पुष्टि

corona death

File Photo.

पोखरा – कोरोना संक्रमणका कारण शनिबार थप पाँच जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको अद्यावधिक विवरण अनुसार पोखरा महानगरपालिकाका चार सहित थप एक जनामा कोरोना पुष्टि भएको हो ।

निर्देशनालयका अनुसार कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं -१४ निवासी ६३ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान १:५५ बजे मृत्यु भएको थियो  । गत कार्तिक १९ गते कोरोना संक्रमण पुष्टि भई उपचारका लागि गण्डकी मेडिकल कलेज भर्ना भएका उनमा सुगर रोगको समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै पोखरा -१५ की ५० वर्षीया कोरोना संक्रमित महिलाको चरक अस्पतालमा उपचारका क्रममा मृत्यु पुष्टि भएको छ ।गत कार्तिक ८ गते कोरोना संक्रमण पुष्टि भई अस्पताल भर्ना भएकी उनको बिहीबार बेलुका ६:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

पोखरा -२६ का ७२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि भएको छ । बिहीबार कोरोना संक्रमण देखिएर उपचारका लागि स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनको शनिबार बिहान ७:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै पोखरा -१८ का ४८ वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बिहान ९:३० बजे मृत्यु पुष्टि भएको छ।

गत कार्तिक २६ गते कोरोना संक्रमण देखिएर स्वास्थ्य विज्ञान प्रतिष्ठान भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको अस्पताले विज्ञप्ति मार्फत जनाएको छ ।

उता स्याङ्गजा जिल्ला वालिङ नगरपालिका -१४ का २४ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु पुष्टि भएको छ ।

गत कार्तिक २७ गते बिहीबार कोरोना संक्रमण देखिएर गण्डकी मेडिकल कलेज भर्ना भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । उनी सुगरका विरामी थिए ।

आज पुष्टि भएका मृतक संगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १२३ पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds