काठमाण्डौ – आन्तरिक राजश्व विभागले एक सूचना जारी गर्दै एक पटक वा एक दिनमा १० लाखभन्दा बढीको बहुमूल्य वस्तु खरिद गरेमा त्यस्तो ग्राहकको पहिचान भेटिने विवरण राख्न निर्देशन दिएको छ ।
विभागले बिहीबार जारी गरेको सूचनामा धातु वा वस्तुको कारोबार गर्ने कम्पनी तथा फर्महरुलाई एकदिनमा १० लाख भन्दा माथिको बहुमुल्य वस्तु खरिद गर्ने ग्राहकको पहिचान भेटिने विवरण अर्थात तीनपुस्ते विवरण राख्न निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धिकरण निवारणको लागि बहुमूल्य वस्तु खरिदमा समेत ग्राहकको पहिचान राख्नुपर्ने व्यवस्था विभागले मिलाएको हो ।
बहुमूल्य धातु भन्नाले सुन, चांदी, प्लाटिनम, ओस्मियम, पालडियम, एडियम, रुथेनियम, डायमण्ड, सफायर, रुबी, इमेराल्ड , जेड, पर्ल, कोरण्डम, एकुमेरिन लगायतका धातु पर्दछन् ।
सम्बन्धित खबर
बालेन शाह परिचालित व्यक्ति हुन् भन्ने प्रष्ट भयो: शंकर पोखरेल
प्रधानमन्त्री ओलीका ९३ वर्षीय बुवालाई फोक्सो सम्बन्धी समस्या
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते