कोरोना संक्रमणका कारण पोखराका थप दुई जनाको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखराका थप दुई जनाको मृत्यु पुष्टि

covid coronaa

पोखरा – कोरोना संक्रमणका कारण पोखरामा दुई जनाको मृत्यु पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको शुक्रबारको अद्यावधिक विवरण अनुसार कोरोना संक्रमणबाट पोखराका थप दुई जनाको मृत्यु पुष्टि भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं -१४ निवासी ६७ वर्षीया महिला रहेका छन् ।

गत कार्तिक २१ गते कोरोना संक्रमण देखिएर स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा भर्ना भएका उक्त पुरुषको उपचारका क्रममा शुक्रबार बिहान २:०० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यस्तै पोखरा -१५ का ६४ वर्षीया कोरोना संक्रमित महिलाको पनि उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु पुष्टि भएको छ ।

गत कार्तिक २६ गते कोरोना संक्रमण देखिएर अस्पताल भर्ना भएकी उक्त महिलाको उपचारकै क्रममा बिहीबार दिउँसो २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो संगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११६ पुगेको छ  ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds