अवैध क्रसर उद्योगहरु तत्काल बन्द गराउन सरकारको देशभरका सीडीओलाई निर्देशन

अवैध क्रसर उद्योगहरु तत्काल बन्द गराउन सरकारको देशभरका सीडीओलाई निर्देशन

griha-mantralaya

काठमाण्डौ – गृह मन्त्रालयले अवैध रूपमा सञ्चालन भइरहेका क्रसर उद्योगको अनुगमन गरी तत्काल बन्द गराउन देशभरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिएको छ ।आज गृह मन्त्रालयमा बसेको नदीजन्य पदार्थको उत्खनन्, संकलन, उपयोग, बिक्रीवितरण तथा व्यवस्थापन सम्बन्धी बैठकले सिडिओलाई उद्योग बन्द गराउन निर्देशन दिएको हो । यस्तै, बैठकले क्रसर उद्योगको अनुगमन गरी अद्यावधिक विवरण गृह मन्त्रालय पठाउन समेत निर्देशन दिएको छ ।

बैठकले मापदण्डको आवश्यक परिमार्जन गर्नका लागि प्रारूप तयार गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई १५ दिनको समय दिएको छ । त्यस्तै क्रसर उद्योगहरूको पनि अनुगमन गरेर गृह मन्त्रालयमा रिपोर्ट बुझाउन ७ दिनको म्याद दिइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds