पोखराको नयाँ रिसोर्ट वर पिपलले तिहार र छठका लागि ल्यायो विशेष छुट

पोखराको नयाँ रिसोर्ट वर पिपलले तिहार र छठका लागि ल्यायो विशेष छुट

received_3837068962970521

पोखरा । पोखरा लेकसाइडको २८ नम्बर स्ट्रीटमा यसै बर्षबाट सन्चालनमा आएको वर पिपल रिसोर्टले नेपाली ग्राहकलाई लक्षित गरि २ रात ३ दिनको बिशेष छुट प्याकेज सार्वजनिक गरेको छ।

डिलक्स रुम प्याकेजको ११ हजार ९ सय ९८, सिङ्गल डिलक्स रुम प्याकेजको ९ हजार ९ सय ९८ छ भने फ्यामिली डिलक्स रुम प्याकेजको १४ हजार ९ सय ९९ र स्वीट रुम प्याकेजको १९ हजार ९ सय ९९ रहेको छ।

छुट अफर अन्तर्गत रुम सहित बसपार्क वा एयरपोर्टबाट पिक एण्ड ड्रप सुबिधा, २ दिन सेट ब्रेकफास्ट, १ दिन लन्च अथवा डिनर, साउना १ घण्टा, स्विमिङ पुलको सुबिधा प्याकेजमै उपलब्ध भएको रिसोर्टका अध्यक्ष जितु गुरुङले बताए।

रिसोर्टमा स्वीट रुममा ज्याकुजीको सुबिधा समेत छ। ग्राहकले स्पामा २० प्रतिशत र बेभरेजमा समेत १५ प्रतिशत छुट पाउने गुरुङले जानकारी दिए।

शान्त बाताबरण रहेको रिसोर्टको रुमबाटै फेवाताल, शान्ति स्तुपा र वरपरको दृश्य अवलोकन गर्न सकिन्छ । नेपाली सँस्कृती झल्काउने फोर स्टार स्तरको रिसोर्टको रुफटपमा रहेको इन्फिनिटी स्विमिङ पुलमा स्विमिङ गर्दा समेत पोखरा आसपासको दृश्यपान गर्न पाइन्छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds