स्याङ्जाको पुतलीबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डोलराज ढकालको निधन भएको छ । उनी रक्त क्यान्सरसँग सुधिरहेका थिए । ५१ वर्षका ढकाललाई पोखरा हुँदै उपचारका लागि काठमाण्डौ लगिएकोमा सोमबार निधन भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत ढकालको निधनमा पुतलीबजार नगरपालिकाले शोक विज्ञप्ति जारी गरी मेयर सीमाकुमारी क्षेत्रीले नगरपालिका र नेपालको निजामती क्षेत्रले एक कुशल र उच्च प्रशासनिक क्षमता भएको व्यक्ति गुमाउनु परेको उल्लेख गरेकी छन् । उनी गत फागुन २७ गते पुतलीबजार नगरपालिकामा हाजिर भएका थिए ।
निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी बाबुराम बरालले सम्हालेका छन् । बरालले विज्ञप्ति निकालेर मंगलबार नगरपालिका र मातहतका सबै कार्यालय बन्द रहने जनाएका छन् । विद्यालयहरुमा जारी परीक्षा भने बन्द नहुने विज्ञप्तिमा उल्लेख छ ।
ढकालको शव पोखरा ल्याएर मंगलबार बिहान नै पोखराको शान्तिघाटमा दाहसंस्कार गरिएको जनाइएको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते