सेतीमा डुबेर बालिकाको मृत्यु

सेतीमा डुबेर बालिकाको मृत्यु

Ambulance-Bhimad-696×522

सेती नदिमा डुबेर शनिवार एक बालीकाको मृत्यु भएको छ । तनहुँको भिमाद–७ सिस्नेरी बस्ने भिम बहादुर परियारकी १२ वर्षिय छोरी रविना पारियारको मृत्यु भएको हो ।

दिउँसो साथीहरुसँग सेती किनारमा नुहाउने क्रममा परियार डुबेर घाइते भएकी थिइन । उपचारका क्रममा भिमाद हेल्थ पोष्टमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख राजेन्द्र अधिकारीले जानकारी दिए ।

रविना भिमादस्थित सिस्नेरी प्रावि कक्षा ४ अध्ययनरत थिइन् । घट्नापछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दमौली लगिएको छ ।

स्रोत: शुक्लागण्डकी एफएम

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ