पोखरा – पछिल्लो २४ घन्टामा गण्डकी प्रदेशमा थप १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा सोमबार प्रकाशित विज्ञप्ति अनुसार प्रदेशभरका जम्मा ८७४ परीक्षण मध्ये सात जिल्लाका १९७ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमितहरु कास्की, तनहुँ, लमजुङ, गोरखा, पर्वत, स्याङ्गजा र नवलपुरका छन् । जस अन्तर्गत कास्कीका १३०, तनहुँका १३, लमजुङका २, गोरखाका ४, पर्वतका ३, स्याङ्गजाका १६ र नवलपुरका २९ जनाको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयले जनाएको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ९ हजार ३ सय ५५ पुगेको छ।
यसैगरी पछिल्लो २४ घन्टामा प्रदेशभरका ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोना संक्रमणलाई जितेर घर फर्किनेको संख्या ४ हजार ९ सय ४६ पुगेको छ ।
यस्तै पछिल्लो २४ घन्टामा कोरोना संक्रमणकै कारण ४ जनाको मृत्यु भएको छ । यो संगै, प्रदेशमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १११ पुगेको छ ।
सम्बन्धित खबर
प्रथम स्व. कमल पोख्रेल स्मृति कप, पुरुष भलिबल प्रतियोगिता हुने
पुस्तक तथा स्टेसनरीमा गौतमको नेतृत्व
कास्कीको अन्नपूर्णमा ‘हनि हन्टिङ’ महोत्सव
रिमझिम बल क्यान्डी ‘पीरो मिठाई’ पोखरा बजारमा उपलब्ध, छिट्टै देशैभर उपलब्ध हुने
नि : शुल्क स्वास्थ्य शिविरबाट दुई हजार बढी लाभान्वित
चिसोले विद्यार्थी बिरामी पर्न थालेपछि पठनपाठन प्रभावित
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम