गण्डकी प्रदेशमा उत्पादनशील उमेर समूहका सबैभन्दा धेरै संक्रमित भएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका संक्रमित मध्ये सबैभन्दा धेरै उत्पादनशील २० देखि ४० वर्ष उमेर समूहमा पर्ने युवाउमेर समूहका छन् ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएका छन् । गण्डकी प्रदेशमा कुल संक्रमितको २७.१८ प्रतिशत संक्रमित २० देखि ३० वर्ष उमेर समूहका रहेका हुन् ।
गण्डकी प्रदेशमा हालसम्म कुल ९ हजार १ सय ५८ जना कोरोना संक्रमित भएकोमा २० देखि ३० वर्ष उमेर समूहका २ हजार ४ सय ९० जना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सो उमेर समूहका संक्रमित मध्ये १ हजार ७ सय ९९ जना पुरुष र ६ सय ९१ जना महिला संक्रमित भएका छन् ।
सबैभन्दा कम ९० देखि १०० वर्ष उमेर समूहका छन् । यो उमेर समूहमा ५ जना पुरुष र २ जना महिलासहित ७ जना संक्रमित रहेका छन् । यो कुल संक्रमित संख्याको ०.०७६ प्रतिशत हो ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम