गण्डकी प्रदेशको राजमार्गमा दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग १ मिनेट’ कार्यक्रम (फोटो सहित)

गण्डकी प्रदेशको राजमार्गमा दुर्घटना न्यूनिकरणका लागि ‘चालकसँग १ मिनेट’ कार्यक्रम (फोटो सहित)

IMG_2396

पोखरा । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराले राजमार्ग तथा शहरी क्षेत्रमा सञ्चालन हुने गरी ‘चालकसँग १ मिनेट कार्यक्रम’ शुरु गरेको छ ।

सवारी दुर्घटनाको जोखिम न्यूनिकरणका लागि यस्तो कार्यक्रम सुरु गरेको गण्डकी प्रदेशका ट्राफिक प्रमुख प्रभु ढकालले बताए ।

एसपी ढकालका अनुसार कोरोना महामारीको कुरालाई समेत मध्यनगर गर्दै कोरोना संक्रमणबाट बच्ने, बचाउने उद्देश्यले आइतबार बिहान ११ बजेबाट गण्डकी प्रदेशको ११ वटै जिल्लामा रहेको ११ वटा जिल्ला ट्राफिक प्रहरी कार्यालय र ५३ वटा अस्थाई ट्राफिक पोष्टले ‘चालकसँग १ मिनेट’ कार्यक्रम शुरु गरेको हो ।

खराब मौसमका कारण दुर्घटना हुने सक्ने कुरालाई मध्यनजर गर्दै सेचतनामूलक सन्देश दिनका लागि यस कार्यक्रम सुरु गरिएको एसपी ढकालको भनाइ छ । ‘चालकसँग १ मिनेट’ कार्यक्रम एक महिनासम्म दिनहुँ सञ्चालन हुने एसपी ढकालले दावी गरे ।

सवारी चलाउँदा अनिवार्य रुपमा सिट बेल्ट लगाऔं, मोटरसाइकल र स्कुटर चालकले हेल्मट र हेल्मेटको फर्तिा अनिवार्य लगाऔं, पामसे तथा नसाजन्य पदार्थ सेवन गरी सवारीसाधन नचलाऔं र तिब्र गतिमा सवारी नचालाऔं भन्दै कार्यक्रममार्फत सचेतना फैलाइने ढकालले बताए ।

‘चालकसँग १ मिनेट’ कार्यक्रम पोखरा महानगरपालिका–१० औद्योगिक क्षेत्रको गेट अगाडिबाट शुरु भएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ