एजेन्सी । आफूलाई निर्वाचित हुन नदिनका लागि डेकोक्र्याटहरुले चुनावमा धाँधली गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आरोप लगाएका छन् । उनले कुनै पनि प्रमाण बिना चुनावमा धाँधलीको आरोप लगाएका हुन् ।
नेपाली समय अनुसार शुक्रबार बिहान ह्वाइट हाउस मार्फत गरेको सम्बोधनको क्रममा वैध मतका आधारमा आफू विजयी भएको दाबी गरे । उनले भने, वैध मतका आधारमा हामी विजयी भएका छौँ, तर अवैध मतका आधारमा उनीहरु जित्न चाहन्छन् ।
उनले सर्वोच्च अदालत जाने र त्यसबाट आफू विजयी हुने बताएका छन् । उनले गणना सुरु भएकै दिन पनि ट्विट गर्दै आफ्नाे भाेट चाेर्ने प्रयास भएकाे दावी गरेका थिए ।
डेमोक्र्याटहरुले पैसा र ठूलो सञ्चारमाध्यमको आडमा आफूबाट नतिजा छिनेर डेमोक्र्याट तर्फ लगेको आरोप लगाए । उनले मतगणना गर्ने कर्मचारीमाथि धाँधलीको आरोप लगाए ।
उनले हुलाक मार्फत गरिएका मतदान अवैध रहेको आरोप लगाएका छन् । कोरोना भाइरसको महामारीका कारण यो वर्ष १० करोड भन्दा बढि अमेरिकीले हुलाक मार्फत वा अग्रिम मतदान केन्द्रमा गएर मतदान गरेका थिए ।
प्रमुख ब्याटलग्राउण्ड राज्यहरुमा अहिले मतगणना भइरहेको छ र ती राज्यमा अहिले अधिकांश रुपमा हुलाक मार्फत आएका मत गणना हुन बाँकी छ । पहिले चुनावको दिन भएका मतदान गणना भएपछि राज्यहरुले हुलाकबाट आएका मत गन्न थालेका हुन् ।
चुनावको दिन भएको मतदानमा अघि देखिएका राज्यमा ट्रम्प हुलाकबाट आएका मत गणना हुन थालेपछि जो बाइडेनसँग उनको अग्रता कम भएको छ ।
हाल जर्जिया, पेन्सिलभेनिया र नर्थ क्यारोलाइना तथा अलास्कामा ट्रम्प अघि रहेका छन् । अलास्का ट्रम्पले जित्ने लगभग पक्का भए पनि जर्जिया र पेन्सिलभेनियामा बाइडेनले ट्रम्पलाई कडा टक्कर दिएका छन् र त्यहाँ धेरै मत गणना हुन बाँकी छ ।
बाँकी रहेका मत हुलाकबाट आएका हुन् । डेमोक्र्याटहरुले अग्रिम मतदान गर्न आफ्ना मतदातालाई आग्रह गरेका र रिपब्लिकनको तुलनामा डेमोक्र्याटहरुले कोरोना भाइरसको महामारीका कारण अग्रिम मतदान गरेका थिए ।
एरिजोना र नेभाडा राज्यमा जो बाइडेन अघि रहेका छन् । तर त्यहाँ ट्रम्पले कडा टक्कर दिएका छन् । सम्बोधनको क्रममा ट्रम्पले ती राज्यमा मतगणना जारी रहनु पर्ने बताए । तर आफ्नो अग्रता कम हुँदै गएका जर्जिया तथा पेन्सिलभेनियामा मतगणना हुन नहुने बताए ।
डमोक्र्याटिक उम्मेदवार बाइडेनले भने हरेक मत गणना हुनु पर्ने र जनताको आवाज सुनिनु पर्ने बताउँदै आएका छन् । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित हुनका लागि ५३८ मध्ये २७० इलेक्टोरल कलेज मत चाहिन्छ । सो आँकडाको यात्रामा मतगणना जारी रहँदा बाइडेन अघि देखिएका छन् ।
न्यूर्योक टाइम्सका अनुसार अहिलेसम्म बाइडेनको पक्षमा २५३ तथा ट्रम्पको पक्षमा २१४ इलेक्टोरल कलेज मत रहेको छ । सिएनएनका अनुसार बाइडेनको पक्षमा २५३ र ट्रम्पको पक्षमा २१३ मत रहेको छ ।
अहिले ब्याटलग्राउण्ड राज्यहरु नेभाडा, एरिजोना, पेन्सेल्भेनिया, नर्थ क्यारोलाइना र जर्जियामा मतगणना भइरहेको छ । नेभाडा र एरिजोनामा क्रमशः ६ र ११ इलेक्टोरल कलेज मत रहेको छ, जहाँ बाइडेनले लगातार अग्रता कायम राखेका छन् ।
यस्तै २० इलेक्टोरल कलेज मत रहेको पेन्सेल्भेनिया तथा १६ इलेक्टोरल कलेज मत रहेको जर्जियामा ट्रम्पको अग्रता कायम छ । तर त्यहाँ मतगणना हुँदै जाँदा बाइडेनले मतान्तर कम गर्दै लगेका छन् ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम