लमजुङ – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधबार क्व्होलोसोंथर गाउँपालिका स्थित मालिङ -२ मा गाउँपालिकाको प्रशासकीय भवनको शिलान्यास गरेका छन् ।
भवनको शिलान्यास गर्दै मुख्यमन्त्री गुरुङले ‘प्रदेशमा पालिकाको भवन नहुँदा विभिन्न समस्या भइरहेकाले विभिन्न पालिकाहरुको भवन निर्माणमा प्रदेश सरकार लागेको बताए ।’
चार करोड १९ लाख ७४ हजार रुपैयाँको लागतमा बन्न लागेको गाउँपालिकाको उक्त भवन निर्माणका लागि गण्डकी प्रदेश सरकारले एक करोड र गाउँपालिकाले ७४ लाख रुपैयाँ छुटयाएको छ । भने, अपुग रकम प्रदेश सरकार र गाउँपालिकाले थप्दै जाने छ ।
तीन आना निशुल्क जग्गा दान र गाउँपालिकाले १० लाख रुपैयाँमा खरिद गरीएको जग्गा सहित उक्त तीन रोपनी क्षेत्रफलको जग्गामा ३६ कोठा सहितको तीन तले पक्की भवन निर्माण हुनेछ ।
भवन निर्माणको जिम्मा लिएको कम्पनीले विसं. २०७९ असोजसम्म निर्माण सक्ने गरी सम्झौता गरेको छ ।
सम्बन्धित खबर
लेकबाट बेसी झर्न थाले भेडाका बथान
सुत्केरी व्यथा लागेको २० घण्टापछि हेलिकप्टरमार्फत् महिलाको उद्धार
गण्डकीमा स्वास्थ्य सुधारका सय कार्यक्रम योजनाबद्ध रुपमा अघि बढिसकेको छ – मन्त्री पाठक
लमजुङको मकैडाँडमामा जीप दुर्घटना हुँदा २२ घाइते
लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपीमायाको निधन
लमजुङमा हँसिया प्रहार गरी बुबाले गरे छोराको हत्या
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते