पोखरा – कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयको आठौँ अद्यावधिक विज्ञप्ति अनुसार स्याङ्गजा जिल्ला फेदीखोला गाउँपालिकाका ७५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको निर्देशनालयका प्रमुख डा विनोद विन्दु शर्माले पुष्टि गरे ।
गत कार्तिक १६ गते कोरोना पुष्टि भई चरक मेमोरियल अस्पताल भर्ना भएका उनको उपचारका क्रममा बुधबार बिहान ६:३० बजेको समयमा मृत्यु भएको हो । मृतक पुरुषमा निमोनिया, उच्च रक्तचाप लगायतको समस्या रहेको विज्ञप्तिमा जनाइएको छ ।
आज मात्रै पोखराका ५ जना र तनहुँका १ सहित गण्डकीमा थप छ जनाको मृत्यु पुष्टि भइसकेको छ । यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
मुग्लिन-पोखरा सडकः पूर्वी खण्डमा धमाधम कालोपत्र गरिँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते