कास्की प्रहरीद्वारा सार्वजनिक अपराध मुद्धाका फरार प्रतिवादी पक्राउ

कास्की प्रहरीद्वारा सार्वजनिक अपराध मुद्धाका फरार प्रतिवादी पक्राउ

police-arrest

सांकेतिक तस्विर

पोखरा – कास्की प्रहरीले सार्वजनिक अपराध मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं – १५ अमिनातारा बस्ने ३५ वर्षीय प्रकाश अधिकारी रहेका छन्  ।

प्रहरीका अनुसार २०७३ साल साउन २५ गतेको जिल्ला अदालत कास्कीको फैसलाले सार्वजनिक अपराध मुद्धामा १५ दिन कैद सहित पाँच हजार जरिवाना तोकेकोमा अधिकारी फरार रहँदै आएका प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले अधिकारीलाई उनकै घरबाट आज बिहान अन्दाजी ११ :३० बजे नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 3 seconds