पोखरा – पोखराको पुरन्चौरमा आगलागी हुँदा चार जना घाइते भएका छन् ।
शनिवार बिहान अन्दाजी ४ बजेको समयमा पोखरा महानगरपालिका वडा नं -१९ पुरन्चौरस्थित सिता गौतमको एकतले टिनले छाएको कच्ची घरमा आगालागी हुँदा सोही घरमा डेरामा बस्दै आएका ५४ वर्षीय शेर बहादुर गुरुङ, उनकी श्रीमती ४५ वर्षीया देउ कुमारी गुरुङ, छोरा १५ वर्षीय कृष्ण गुरुङ र शेर बहादुरका भाईको छोरा ३७ वर्षीय मन बहादुर गुरुङ घाइते भएका हुन् ।
प्रदेश प्रहरी कार्यालय पोखराका अनुसार कोठामा ग्यास लिक भइरहेको बेला शेर बहादुरले चुरोट सल्काउँदा आगलागी भएको हो । घाइते सबैको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइते मध्ये शेर बहादुर र श्रीमती देउ कुमारीको अवस्था मध्यम रहेको छ भने, अन्य दुई सामान्य छन् ।
सम्बन्धित खबर
भारतीय स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीले गरे मुक्तिनाथको दर्शन
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
राष्ट्रपति रनिङ शिल्डको उपाधि पञ्चकन्यालाई
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ