पोखरा – गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ७०४७ पुगेको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा विहीवार जारी पहिलो, दोस्रो, तेस्रो,चौथो, पाँचौं र छैठौ विज्ञप्तिमा क्रमसः ३५, १२, ९, २२, ८ र १६ जना गरी प्रदेशका ७ जिल्लाका १०२ जनामा कोरोना पुष्टि भएको हो ।
संक्रमित रहेका जिल्लामा कास्की, तनहुँ, गोरखा, लमजुङ, नवलपुर, पर्वत र म्याग्दी रहेका छन् । जसमा कास्कीमा सबैभन्दा धेरै ४६ जना, तनहुँमा ९ जना, गोरखामा २७ जना, लमजुङमा १ जना, नवलपुरमा १२ जना, पर्वतमा २ जना र म्याग्दीमा ५ जनामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
यस्तै आज नै गण्डकीमा कोरोना संक्रमणका कारण दुई जनाको ज्यान गएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठापनमा पोखराकी ३६ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो। प्रतिष्ठानको कोभिड उपचार केन्द्रमा गत कार्तिक ५ गते कोरोना पुष्टि भई भर्ना भएकी पोखरा महानगरपालिका वडा नं -१३ कि महिलाको आइसियुमा उपचारका क्रममा बुधबार राती ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।
यस्तै तेस्रो विज्ञप्ति अनुसार पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं -६ निवासी ५५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको उल्लेख छ । कार्तिक १२ गते बुधबार कोरोना पुष्टि भई चरक मेमोरियल अस्पतालको आइसियुमा भर्ना भएका संक्रमितको उपचारका क्रममा विहीवार ६:१५ बजे मृत्यु भएको हो ।
यो संगै, गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७२ पुगेको छ ।
पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका – १६ का ४२ वर्षीय पुरुष र ३९ वर्षीया महिला र कास्की मादी गाउँपालिका वडा नखुलेको १९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्वत मोदी गाउँपालिकाका ५५ वर्षीया महिला र ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै म्याग्दीको बेनी नगरपालिकास्थित रहूगंगा हाईड्रोपावरमा कार्यरत ५५, ४१ र ५० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ भने, नेपाल प्रहरीमा कार्यरत २५ वर्षीय पुरुष र बेनी अस्पतालमा कार्यरत २७ वर्षीय महिला स्वास्थ्यकर्मीको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यता गोरखा जिल्लामा थप २५ जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको अजिरकोट गाउँपालिका -३ का ४०, २३, २४, ३९ र २७ पुरुष र अजिरकोट -४ का ४० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै जिल्लाको पालुङटार नगरपालिका ३ का ४५ वर्षीय पुरुष, वडा नं -१ का २९ वर्षीया महिला र वडा नं -५ का १९ र ४१ वर्षीया महिला र १८ र २२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै सदरमुकाम गोरखा नगरपालिका वडा नं -१३, १२, १०, ६, १, ८ र वडा नखुलेको १ जना गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
निर्देशनालयको दोस्रो विज्ञप्ति अनुसार कास्की र तनहुँमा गरी थप १२ जनामा कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं – ११ का ३२ वर्षीय पुरुष, कास्की रुपा गाउँपालिका वडा नखुलेको ३८ र ३६ वर्षीय पुरुष र अन्नपूर्ण गाउँपालिकाका वडा नखुलेको ४२ र ५३ वर्षीय पुरुष र ४१ वर्षीया महिलाको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै तनहुँको ऋषिङ गाउँपालिका वडा नं -१ का ४ जना पुरुष र १ महिला तथा वडा नं -८ का २० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको विज्ञप्तिमा उल्लेख छ । संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
यस्तै निर्देशनालयको तेस्रो विज्ञप्ति अनुसार प्रदेशमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
वि.पी कोईराला स्मृती क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा तनहुँ देवघाट गाउँपालिका -५ का ४२ वर्षीय पुरुष सहित नवलपुर देवचुली नगरपालिका वडा नखुलेको २ जना पुरुष र गैंडाकोट नगरपालिका वडा नं -१३ र -२ का क्रमसः ३२ वर्षीया महिला, ३० वर्षीय पुरुष तथा विनयत्रिवेणी गाउँपालिका -२ का ७७ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणमा लमजुङ बेशिसहर नगरपालिका -११ का ३० वर्षीया महिला र गोरखा पालुङटार नगरपालिका -९ का ४२ र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
यस्तै निर्देशनालयको चौथो विज्ञप्तिमा कास्कीको पोखरा महानगरपालिकाका २२ जनामा संक्रमण पुष्टि भएको उल्लेख छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा -५ का ३७ र २९ वर्षीय पुरुष, पोखरा -९ का ३८ वर्षीय पुरुष, पोखरा -१५ का २२ वर्षीय पुरुष र १५ वर्षीया किशोरी, पोखरा -३ का ३४ र ३१ वर्षीय पुरुष, पोखरा -८ का २८ वर्षीय पुरुष, पोखरा -२ का ४५ वर्षीय पुरुष, पोखरा – २९ का ७७ वर्षीया महिला, पोखरा -१० का २८ वर्षीय पुरुष र २४ र ५२ वर्षीया महिला, पोखरा -६ का ३४, २२ र २९ वर्षीय पुरुष, पोखरा -१७ का ४१ र २३ वर्षीय पुरुष, पोखरा -७ का २० वर्षीय पुरुष र वडा नखुलेको ४०, ११ र ६० वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको विज्ञप्तिमा जनाइएको छ ।
संक्रमित सबै अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
यस्तै निर्देशनालयद्वारा जारी पाँचौं विज्ञप्ति अनुसार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वि.पी कोईराला स्मृती क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा कास्की पोखरा महानगरपालिका-१७ का ३५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । भने, नवलपुर कावासोती नगरपालिका – ९ का ३ जना, वडा नखुलेको २ जना र गैंडाकोट नगरपालिका वडा नं -७ र वडा नं -८ का १/१ जना महिला पुरुषमा कोरोना पुष्टि भएको छ ।
संक्रमितहरु उक्त अस्पतालको फिभर क्लिनिकबाट पहिचान भएका हुन् ।
यस्तै निर्देशनालयको विहीवार प्रकाशित छैठौ तथा अन्तिम विज्ञप्ति अनुसार कास्कीको पोखर महानगरपालिकामा १४ र तनहुँको शुक्लागण्डकीका थप २ जनामा कोरोना पुष्टि भएको छ ।
२४ वर्षीय पुरुष, पोखरा -५ का १९ र २५ वर्षीय पुरुष, पोखरा ९ का ३६ वर्षीय पुरुष र ६२ वर्षीया महिला, पोखरा – २१ का ३५ वर्षीय पुरुष, पोखरा -१६ का ५६ वर्षीय पुरुष, पोखरा – ४ का ३२ वर्षीया महिला, पोखरा -१२ का २५ वर्षीया महिला, पोखरा – १५ का २८ र ३८ वर्षीया महिला, पोखरा -२६ का ३८ वर्षीया महिला र ४३ वर्षीय पुरुष र पोखरा -१३ का ५४ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका -८ का १७ र २० वर्षीया महिलामा पनि कोरोना पोजेटिभ देखिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी