गण्डकीमा कोरोना : प्रदेशका ६ जिल्लाका ७८ जनामा कोरोना पुष्टि

गण्डकीमा कोरोना : प्रदेशका ६ जिल्लाका ७८ जनामा कोरोना पुष्टि

Gandaki-Mapp

पोखरा – गण्डकीमा थप ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालयको मंगलबार जारी पहिलो र दोस्रो अद्यावधिक विज्ञप्ति अनुसार प्रदेशका ६ जिल्लाका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित पुष्टि भएका जिल्लामा कास्की, तनहुँ, बाग्लुङ, स्याङ्गजा, म्याग्दी र नवलपुर रहेका छन् ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा नं -१२, ३३, १०, १७, १४, ३, ९, २२, र २६ का महिला पुरुष गरि ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै म्याग्दीको धौलागिरी नगरपालिका -७ का २ जना महिला, मंगला गाउँपालिका -२ का ५० वर्षीया महिला र बेनी नगरपालिका -९ का ४८ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै स्याङ्गजाको भीरकोट नगरपालिका -४ र १ का क्रमश १५ वर्षीया किशोरी र ३९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।

बागलुङ काठेखोला गाउँपालिका -२ का ३४ र ७० वर्षका महिला र पुरुष र वडा नं -७ का  ३५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यता तनहुँको ब्यास -१ का ४२ वर्षीय पुरुष र वडा नखुलेको  ७० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको निर्देशनलयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

संक्रमितहरु सबैजना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् ।

यस्तै निर्देशनालयद्वारा जारी दोस्रो विज्ञप्ति अनुसार प्रदेशका दुई जिल्ला नवलपुरका ५५ र स्याङ्गजाका १ गरि ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ  ।

लाईफ केयर डाग्नोस्ष्टिक एण्ड रिसर्च प्रा.लि तथा क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा स्याङ्गजा वालिङ नगरपालिका वडा नं -४ का ४५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

नवलपुरको कावासोती नगरपालिका वडा नं -८ का १५, २१, ५९, २३ र २३ वर्षीया ५ जना महिला र २७, २७, १५, ५४, ४६, ३४, २४, ३४, ३७, ३६, ३६, ३३, २३, ३९, ५०, र २८ वर्षीय १६ जना पुरुष, कावासोती -१४ का ३ जना महिला र २ जना पुरुष, कावासोती -१७ का ३ जना महिला र ४ जना पुरुष, कावासोती -१५ का २२ वर्षीया महिला, कावासोती -१६ का २२ वर्षीय पुरुष, कावासोती -५ का ३२ वर्षीया महिला, कावासोती -११ का ३९ र ५२ वर्षीय पुरुष, कावासोती -३ का ४३ र २७ वर्षीया महिला र २०, २७, २७, २८, ४९ वर्षका पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै कावासोती -२ का ३० र ४७ वर्षीय पुरुष र २४ र २५ वर्षीया महिला, कावासोती -९ का ४७ र ५२ वर्षीय पुरुष, कावासोती -१३ का ५७ वर्षीय पुरुष र १५ वर्षीया किशोरी, कावासोती -१२ का ४६ वर्षीया महिला र कावासोती -१० का ४५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयको विज्ञप्तिमा जनाइएको छ  ।

संक्रमित सबै कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएका हुन् । उनीहरुलाई आइसोलेसनमा व्यवस्थापन गर्ने तयारी भैरहेको छ । यो संगै, गण्डकी प्रदेशमा कोरोना संक्रमितको कूल संख्या ६ हजार ७ सय ९० पुगेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds