अपरिचित समुहको आक्रमणबाट खुट्टा छिनालिएको अवस्थामा पुरुष फेला

अपरिचित समुहको आक्रमणबाट खुट्टा छिनालिएको अवस्थामा पुरुष फेला

gyang-fightt

दाङ – गएराती तुलसीपुरमा एक व्यक्तिमाथि सामुहिक आक्रमण भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं – ११ नवलपुर निवासी ४५ वर्षीय कुमार विक खुट्टा छिनालिएको अवस्थामा फेला परेका छन् । प्रहरीले उनलाई बायाँ खुट्टा छिनालिएको र शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उद्धार गरि राप्ती प्रादेशिक अस्पताल पुर्याएको हो ।

घाइतेलाई प्रारम्भीक उपचार पछि गएराति नै उपचारका लागि बाँके रिफर गरिएकोमा अहिले थप उपचारका लागि काठमाडौं लैजाने तयारी भइहरेको छ । अत्याधिक रक्तस्राव भएका कारण घाइते अवस्था चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।

घाइते विक गोलौरीमा भान्जाको विहे खान भनि गएको बुझिएको छ । पढ्ढा र गौलौरीको बीचको एकान्त स्थलमा अपरिचित समुहले आक्रमण गरेको र अहिले आक्रमण गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ