तनहुँ । तनहुँमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ ।
तनहुँको शुक्लागण्डकी-४ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको सोमबार बिहान ९:१० बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा उनको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
उनमा गत कार्तिक ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो ।
उनमा कोभिड १९ संगै बिलेटरल निमोनिया तथा कार्डियो पल्मोनरी एरेस्ट लगायतका समस्या रहेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त प्रतिबेदनमा उल्लेख रहेको निर्देशनालयले जनाएको छ ।
मृतकको शव व्यवस्थापनको तयारी भईरहेको निर्देशनालयले जनाएको छ ।
योसंगै तनहुँमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० जना पुगेको छ ।
आज मात्रै गण्डकी प्रदेशमा २५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै आज मात्रै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ६८ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम