भक्तपुर – भक्तपुर नगरपालिका १ ईँटापाकोस्थित मेटल कारखानामा कार्यरत ३५ वर्षीय भारतीय नागरिक शाहीव हुसैनको हत्याको अभियोगमा प्रहरीले आज दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश मुरादाबाद कुन्दरकी घर भई हाल भक्तपुर ईटापाको मेटल कारखानामा बस्ने १९ वर्षीय सानु अन्सारी र भारत उत्तर प्रदेश मुरादाबाद मोहलपुर घर भई हाल सोही कारखाना बस्ने २३ वर्षीय सलमान खान रहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक तारादेवी थापाले जानकारी दिए।
शनिबार राति करिब ९ बजे तीन जनासँगै बसेर मदिरा सेवन गरेको र सोही क्रममा सलमानकी प्रेमिकालाई शहीदले अपशब्द प्रयोग गरेपछि कोठामा फर्कने क्रममा खान र अन्सारीले ढुङ्गा तथा इँटाले मुख र टाउकोमा हानेर हत्या गरी नर्कटघारीमा शव खसालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
आज बिहान पैदलयात्रीले शव देखेर प्रहरीलाई खबर गरेपछि अनुसन्धानका क्रममा प्रहरीले ती दुईलाई पक्राउ गरेको र घटनाबारे ती दुई स्वीकार गरेको प्रहरी उपरीक्षक थापाले बताए । घटनाबारे थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।
सम्बन्धित खबर
जिवी-रवि पार्टनर छविलाल जोशीविरुद्ध २० दिनको म्याद थप
ठगी र संगठित अपराधमा रवि पक्राउ पर्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी !
सहकारी ठगी प्रकरण: रविलाई पक्राउ गरी पोखरा ल्याइँदै
रवि लामिछानेलाई पक्राउ गरी पठाइदिन कास्की प्रहरीले लेखेको पत्र यस्तो थियो
रविलाई पक्रन प्रहरी रास्वपा कार्यालयमा, स्थलमार्गबाट कास्की ल्याउने तयारी
पक्राउ पुर्जी जारीपछि रविले स्टाटसमा भने – अब सहकारी पीडितको आवाजको नेतृत्व हामी गर्छौं
यो पनि पढौँ
टीकाको अघिल्लो दिन जब छोराको शव आयो …
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
दुई साताअघिकाे संकटमा सयौँलाई जोगाएका सशस्त्र प्रहरी निरीक्षक बडुवाल आफै अस्ताए
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना