पोखरा – गण्डकी प्रदेशमा थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयद्वारा जारी बिहिबार अद्यावधिक चौथो विज्ञप्ति अनुसार प्रदेशका दुई जिल्ला कास्की र तनहुँका थप ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा, कास्कीको पोखरामा मात्र ३० जनामा कोरोना संक्रमण देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नम्वर -६ का ५० र ३७ वर्षका पुरुष, पोखरा – १५ का ४१ वर्षीया महिला, पोखरा १७ का २२ र ५७ वर्षीय पुरुष र १७ वर्षीया महिला, पोखरा – ३१ का ३१ वर्षीय पुरुष, पोखरा – १५ का ४१ र १५ वर्षीय पुरुष र ५२ र ४१ वर्षीया महिला,पोखरा – १२ का ६८ र ४६ वर्षीय पुरुष र ७० वर्षीया महिला, पोखरा -१३ का २४ र २० वर्षीया महिला र २५ र ३७ वर्षीय पुरुष, पोखरा -१० का २९, २० वर्षीया महिला र २५ वर्षीय पुरुषको परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।
यस्तै पोखरा -७ का २१ र २७ वर्षीया महिला, पोखरा – ११ का ५५ वर्षीय पुरुष, पोखरा – १ का ३८ वर्षीय पुरुष, पोखरा -३ का २९ वर्षीय पुरुष, पोखरा – ८ का ५५ वर्षीय पुरुष, पोखरा -५ का ५५ वर्षीय पुरुष, पोखरा – १४ का ५२ वर्षीय पुरुष र वडा नखुलेको एकजना ४० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
संक्रमितहरु सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट पहिचान भएका हरु हुन् । जसमध्ये पोखरा – १०, ७ र १३ नम्वर वडाका क्रमसः २०, २१, र २० वर्षीया महिला अन्नपूर्ण अस्पतालमा कार्यरत स्टाफनर्स हुन् ।
यो संगै, गण्डकीमा कोरोना संक्रमितहरुको कूल संख्या ६ हजार २ सय ५४ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी