पोखरा । गण्डकी प्रदेशमा पोखरा महानगरपालिकाका १९ सहित ३८ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिकाका १९ सहित ५ जिल्लाका गरी ३८ जनामा कोरोना पुष्टि भएको जनाएको हो । पोखरामा संक्रमित हुनेहरुमा वडा नं ३ का १ पुरुष र १ महिला, ५ का १ पुरुष, ७ का १ पुरुष, ८ की १ महिला, ९ का १ पुरुष, १२ की १ महिला, १३ का १ पुरुष, १५ का २ पुरुष, १६ का १ पुरुष, १७ का २ महिला, २५ का १ पुरुष, चरक मेमोरियलमा उपचाररत २ पुरुष १ महिला, मेडी प्लसमा उपचाररत १ महिला र फेवासिटीमा उपचाररत १० वर्षीया बालिका रहेका छन् ।
त्यस्तै पर्वत जिल्ला जलजला गाउँपलिकाको वडा नखुलेका १४ पुरुष र २ महिला, वागलुङ जिल्ला वागलुङ नगरपालिकामा वडा नखुलेका १ पुरुष, गोरखा आरुघाट ९ का १ पुरुष, म्याग्दी बेनी २ का १ पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
गण्डकी प्रदेशमा कोरोना संक्रमित हुनेको संख्या ६ हजार १ सय ४३ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम