पोखराको जीएमसीमा उपचाररत ४४ वर्षीय संक्रमितको मृत्यु

पोखराको जीएमसीमा उपचाररत ४४ वर्षीय संक्रमितको मृत्यु

gmc

पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ ।

पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा २२ का ४४ वर्षीय संक्रमित पुरुषको मंगलबार बिहान ११ :५५ बजे मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ ।

उनलाई हिजो कोरोना संक्रमण पुष्टि भएको थियो । उनी निमोनिया तथा श्वासप्रश्वासबाट समेत ग्रसित थिए ।

यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५५ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३, म्याग्दीका १ जना छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds