सांसद किसान श्रेष्ठद्वारा दशैभत्ता तनहुँका मिर्गौला पीडितलाई सहयोग

सांसद किसान श्रेष्ठद्वारा दशैभत्ता तनहुँका मिर्गौला पीडितलाई सहयोग

FB_IMG_1603111895536

तनहुँ । तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ (किसान)ले दशैभत्ता जिल्लाका मिर्गौला पीडितलाई सहयोग गर्ने घोषणा गरेका छन् ।

संसद् सचिवालययले सांसदलाई उपलब्ध गराएको दसैँ खर्च बापतको ६४ हजार रुपैयाँ सांसद श्रेष्ठले व्यास नगरपालिकाका विभिन्न वडाका चार मिर्गौला पीडितलाई सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनको घोषणा अनुसार व्यास नगरपालिका–१ का अमृतबहादुर खत्री, व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँ, व्यास नगरपालिका–१२ का अनुप क्षेत्री र व्यास नगरपालिका–१४ का सन्तोष रानालाई १६/१६ हजार रुपैया सहयोग पुग्नेछ ।

देशमा विषम परिस्थिति र नागरिक समस्याग्रस्त भएको अवस्थामा दसैँ खर्च बापतको रकमको औचित्यका बारेमा धेरैतिरबाट आवाज उठेकाले उक्त रकम मिर्गौलापीडित लाई दिने सांसद श्रेष्ठले बताए ।

सांसदका रुपमा निर्वाचित भएर शपथ ग्रहण गरेपश्चात् अहिलेसम्मको सबै महिनाको पारिश्रामिक तनहुँ जिल्लाका विभिन्न संघसंस्था र समुदायलाई क्रमशः उपलब्ध गराउँदै आएको स्मरण गराउँदै उनले भविष्यमा पनि उक्त सहयोगलाई निरन्तरता दिने घोषणा गरे ।

“अहिले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण नागरिक आक्रान्त बनेका छन् । देश विषम परिस्थिति र नागरिक आर्थिक कठिनाइमा परेका बेला समस्याग्रस्त नागरिकलाई सहयोग गर्नु सबैको जिम्मेवारी हो”, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds