तनहुँमा १९ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकाका मात्रै १७ जना

तनहुँमा १९ जना कोरोना संक्रमित थपिए, व्यास नगरपालिकाका मात्रै १७ जना

Corona update 3

तनहुँ । तनहुँमा १९ जना कोरोना संक्रमित थपिएको छ ।

जिल्लाको व्यास नगरपालिकामा १७ जना, भिमाद नगरपालिकामा १ जना र शुक्लागण्डकी नगरपालिकामा १ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-१० का २६ वर्षीय पुरुष, व्यास-२ का ४०,१३,५१ वर्षीय पुरुष र १३ वर्षीया बालिका, व्यास-११ का २४, ५२ वर्षीय पुरुष र ३८ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।

त्यस्तै व्यास-४ का ३९ वर्षीय पुरुष, १४ र २० वर्षीया महिला, व्यास-३ की ३३, ३४ वर्षीया महिला र ३५ वर्षीय पुरुषमा समेत कोरोना संक्रमण भएको छ ।

त्यस्तै व्यास नगरपालिका कै तर वडा नखुलेको ३२,५४ वर्षीय पुरुष र २४ वर्षिया महिलामा समेत संक्रमण पुष्टि भएको छ ।

यसैगरी भिमाद-५ का २६ वर्षीय पुरुष र शुक्लागण्डकी-४ का ३९ वर्षीय पुरुषमा समेत संक्रमण देखिएको छ ।

एकैपटकमा पुनः ठुलो संख्या संक्रमण पुष्टि भएको छ ।

आज मात्रै तनहुँमा ३५ जना कोरोना संक्रमित थपिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds