गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर ३ की ५६ वर्षीया महिलाको कोरोनाबाट ज्यान गएको हो । ३० असोजमा मृत्यु भएका उनको मृत्यु निर्देशनालयले सोमबार पुष्टि गरेको हो । ती वृद्धमा कोभिडसँगै दम र निमोनियाको समस्या थियो ।
नवलपरासी (ब.सु.पू) गैंडाकोट १२ का ८५ वर्षीय वृद्धको कोरोना संक्रमणबाट असोज ३० गते साँझ ५ गते ज्यान गएको छ । चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणका क्रममा उनलाई असोज २६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । मृतक वृद्धलाई दम तथा निमोनियाको समस्या समेत रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ५४ पुगेको छ । गण्डकीमा हालसम्म कोरोनाबाट मृत्यु हुनेमा कास्कीका १६, नवलपुरका ११, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, बागलुङका ४, लमजुङ १, म्याग्दीका १ जना छन् ।
सम्बन्धित खबर
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ