पोखरामा फेरि २२ जनालाई कोरोना पुष्टि, गण्डकीमा ४० संक्रमित थपिए

पोखरामा फेरि २२ जनालाई कोरोना पुष्टि, गण्डकीमा ४० संक्रमित थपिए

Pokhara beauty b

पोखरामा २२ सहित गण्डकी प्रदेशमा ४० जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। तेस्रो र चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५ जिल्लाका ४० जनामा संक्रमण पुष्टि भएको हो ।

कास्कीको पोखराका २२, लमजुङका ३, तनहुँका ४, बाग्लुङका ५ र गोरखाका ६ जना गरी थप ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य  निर्देशनालय गण्डकीले  जनाएको छ  ।

कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७३०  पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds