काठमाण्डौ, ७ फागुन / नवनियुक्त प्रधानमन्त्री केपी ओलीले शपथ लिएकै दिन तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरे । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले एमाले सांसद लालबाबु पण्डित र थममाया थापा मन्त्री नियुक्त गरिन् ।
पहिलो रोजाइमै प्रधानमन्त्री ओलीले एमालेका पोलिटब्युरो सदस्य लालबावु पण्डितलाई जनसंख्या तथा वातावरण मन्त्रालयको जिम्मा दिए । मन्त्री भएकै दिनदेखि पण्डित चर्चामा छन् । दिनहुँ सफाई कार्यक्रममा पुगेका छन् । टेलिभिजननदेखि युट्युबसम्म अन्तर्वाता दिन भ्याई नभ्याई छ । धेरैले उनले अझै काम गर्नुपर्ने ठाउँको जिम्मेवारी दिनपर्ने प्रतिक्रिया दिई रहेका छन् ।
यसैबीच, मन्त्री पण्डित मन्त्री निवास सरेका छन् । तीनकुने सिथत डेराबाट सोमबार पूजापाठ गरी रितीपूर्वक निवासमा सरेका हुन् । जनतालाई सधैं केन्द्रबन्दिुमा राखेर निष्ठाको राजनीति गर्दै आएका पण्डित प्रजातन्त्रकै दिन मन्त्री निवास सरेका छन् ।
केहि तस्विरहरुः
.
.
.
.
पण्डित यसअघि सामान्य प्रशासनमन्त्री बनिसकेका व्यक्ति हुन् । उनी डिभीपिआर विरुद्धको ऐन ल्याएर चर्चित बने । हालै प्रतिनिधि सभा निर्वाचनमा पनि काँग्रेसका शीर्ष नेता शेखर कोइरालालाई उनकै क्षेत्रमा उठेर पनि हराएका थिए ।
तस्विरः स्वकीय सचिव ओसिम आलमको फेसबुकबाट
सम्बन्धित खबर
दुई भारतीय लागुऔषध कारोबारीमाथि गोली प्रहार, एक घाइते
बदली, वर्षा र हिमपातको सम्भावना
बदली र हिमपातको सम्भावना
अस्पताल पिच्छे बिरामीले रिपोर्ट बोक्न नपर्ने निर्देशिका पारित
ज्वाइँसँगको अवैध सम्बन्धका कारण ६९ वर्षका प्रेमीको हत्या
आज श्रीपञ्चमी पर्व, वसन्त श्रवण र सरस्वती पूजा गरिँदै
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते