वीरगञ्ज महानगरपालिका–५ रेशमकोटीबाट प्रहरीले शनिबार २२ किलो ५७६ ग्राम सुन बरामद गरेको हो। रेशमकोटीस्थित श्रीगणेश अपार्टमेन्टको तेस्रो तलाको कोठा नम्बर ३०३ बाट उक्त सुन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
सो कोठामा सुनचाँदी लुकाइराखेको सूचनाका आधारमा पर्साका एसपी गंगा पन्तको कमान्डमा खटिएको टोलीले उक्त सुन बरामद गरेको हो। उक्त कोठा भारतको पूर्वी चम्मपारण हरैयाका अशोक सिन्हाको भएको पाइएको छ। सिन्हा भने फरार छन्।
सुनका बिस्कुट १ किलोका दरका १३ वटा र अरु साना पिस २२ किलो ५७६ ग्राम सुन बरामद भएको हो। त्यस्तै सुनका विभिन्न गरगहाना ६८१ ग्राम र चाँदीका गरगहना र भाँडा गरेर २ किलो २६२ ग्राम बरामद भएको छ।
फरार सिन्हाको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।
सम्बन्धित खबर
राष्ट्रिय सूचना आयोगमा प्रमुख आयुक्त र आयुक्तहरू नियुक्त
प्रधानमन्त्रीको बीआरआई लक्षित टिप्पणी: ऋण लिने हाम्रो अवस्था छैन
नेपालका को–को नेता पुगे कम्बोडिया ?
केदार ढकाल र बुद्धिराज गुरुङ एआईजी बने
११ एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
खोला किनारामा २० मिटर मापदण्डको फैसला सर्वोच्चले पुनरावलोकन गर्ने
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते