पोखराको जीएमसीमा उपचाररत तनहुँका संक्रमितको मृत्यु

पोखराको जीएमसीमा उपचाररत तनहुँका संक्रमितको मृत्यु

gmc

गण्डकी प्रदेशमा आज पोखराको जीएमसी हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।तनहुँ जिल्ला, ब्यास नगरपालिका वडा नम्बर- ३ का ६५ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

गण्डकी मेडिकल कलेजको भेन्टिलेटरमा उपाचरत उनको २८ गते राति ११:५० मा  मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

निर्देशनालयका अनुसार असोज २५ गते अस्पतालमा भर्ना भएका पुरुषमा मधुमेह र उच्च रक्तचाप सम्बन्धि समस्या रहेको थियो । यससँगै गण्डकी प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds