पोखरामा बिहानै ३० जनालाई कोरोना पुष्टि, गण्डकीमा एकैपटक ५ जिल्लाका ९७ संक्रमित थपिए

पोखरामा बिहानै ३० जनालाई कोरोना पुष्टि, गण्डकीमा एकैपटक ५ जिल्लाका ९७ संक्रमित थपिए

pokhara

पोखरामा बिहानै ३० सहित गण्डकी प्रदेशमा ९७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पहिलो विज्ञप्ति अनुसार  क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा ५ जिल्लाका ९७  जनामा संक्रमण पुष्टि भएको हो । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीको  पोखरा महानगरका ३० जना,  लमजुङका ३  जना, नवलपुरका ६ जना, गोरखाका ७ जना र बागलुङ ५१ जना गरी थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेशमा संक्रमितको संख्या ५२८४ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds