पोखराको चरक हस्पिटलमा उपचाररत कोरोना संक्रमितको मृत्यु

पोखराको चरक हस्पिटलमा उपचाररत कोरोना संक्रमितको मृत्यु

charak hospital New

गण्डकी प्रदेशमा आज ६ जनाको मृत्यु भएको छ । पोखराको चरक मेमोरियल हस्पिटलमा उपचाररत एक पुरुषको कोरोनाबाट मृत्यु भएको छ ।

गण्डकी निर्देशनालय निर्देशक विनोद विन्दुका अनुसार कोरोना सङ्क्रमण भई हस्पिटलमा उपचाररत बागलुङ नगरपालिका २ का ७७ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार दिउसो १२ : १०बजे मृत्यु भएको जानकारी दिनुभयो ।

गत असोज २५ गते अस्पतालमा भर्ना भएका पुरुषमा मधुमेह, उच्च रक्तचाप र मुटु सम्बन्धि समस्या रहेको थियो । यस सँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds