यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले पहिलो हार व्यहोरेको छ । समूह डीमा रहेको स्पेनलले चार खेल खेल्दा पहिलो हार व्यहोरेको हो । सुरुवाती तीन खेल मध्येमा दुई खेलमा जित र एक खेल बराबरी खेलेको स्पेनले चौथो खेलमा भने युक्रेनसँग पराजित हुन पुगेको हो ।
मंगलबार राति युक्रेनको घरेलु मैदानमा भएको खेलमा स्पेन घरेलु टोलीसँग १–० गोलले पराजित भएको हो । युक्रेनको जितका लागि खेलको एक मात्र निर्णायक गोल भिक्टर छिहान्कोभले गरे । उनले पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा गोल गरेका थिए ।
भिक्टरले खेलको ७६ औं मिनेटमा एन्द्रिए यर्मोलेन्कोको पासमा गोल गर्दै युक्रेनलाई जित दिलाएका थिए । जितसँगै युक्रेनले समूह डीमा दोस्रो जित निकालेको छ । चार खेल खेलको युक्रेनको ६ अंकसहित तेस्रो स्थानमा छ ।
पराजित स्पेन भने ७ अंकसहति समूहको शीर्ष स्थानमा छ । समूहमा समान खेल खेलेको स्पेनलले यसअघि दुई खेलमा जित र एक खेल बराबरी खेलेको थियो ।
सम्बन्धित खबर
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
ठूलो सपना देख्दिनँ, आवधिक योजना बनाएर काम गर्छु : स्वास्थ्यमन्त्री पाठक
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते