तनहुँ । तनहुँमा २६ जना कोरोना संक्रमित थपिएका छन ।
जिल्लाको व्यास नगरपालिकामा १६ जना, भिमाद नगरपालिकामा ७ जना र शुक्लागण्डकी नगरपालिकामा ३ जना कोरोना संक्रमित थपिएका हुन ।
एक महिने बालिका र ३ वर्षीय बालकमा समेत कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
संक्रमित हुनेहरुमा व्यास-११ का २८ वर्षीय पुरुष, व्यास-२ का २७, ५३, ४६ वर्षीय पुरुष र २७, ४२, २७ वर्षिया महिलामा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
त्यस्तै व्यास-३ का ४८, २९, १५ वर्षीय पुरुष र ४६, १७, ३०, ४४ वर्षिया महिलामा समेत कोरोना संक्रमण भएको छ । यस्तै व्यास-४ का २८ वर्षीय पुरुष र ४२ वर्षिया महिलामा पनि कोरोना पुष्टि भएको छ ।
यसैगरी भिमाद-६ का ५२, २६, ५० वर्षिया महिला र २३, २६, ४४ र ४१ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
त्यस्तै शुक्लागण्डकी-५ की २३ वर्षिया महिला र शुक्लागण्डकी नगरपालिका कै वडा नखुलेका ३ वर्षिय बालक र एक महिने बालिकामा समेत कोरोना पुष्टि भएको छ ।
सबै जना कन्ट्याक्ट ट्रेसिङबाट पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

सम्बन्धित खबर
बागलुङमा ८० वर्षीय वृद्धले आफ्नै शरीरमा पेट्रोल खन्याएर लगाए आगो
लमजुङमा नुहाउने क्रममा खोलामा डुबेर ५ वर्षीया बालिकाको मृत्यु
मुस्ताङमा ३४ बोरा अवैध शालिग्राम बरामद
बागलुङमा जिप दुर्घटना हुँदा १० जना घाइते
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु, एक घाइते
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण
अन्नपूर्णमा हिमपहिरो, २ नेपाली बेपत्ता