दसैँमा घर जानुअघि र पुगेपछि ७ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नैपर्ने

दसैँमा घर जानुअघि र पुगेपछि ७ दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्‍नैपर्ने

health swasthya

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यात्रा गर्नुअघि सात दिन र गनत्व्यमा पुगिसकेपछि सात दिन अनिवार्य क्‍वारेन्टाइनमा बस्नुपर्ने जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दसैँ तिहारमा घर जाँदा अनिवार्य रूपमा क्‍वारेन्टाइनमा बस्नुपर्ने बताए। मन्त्रालयले उक्त निर्णय गर्दै त्यसको निगरानी स्थानीय तहबाट गरिने प्रवक्ता गौतमले बताए।

सात दिनको क्‍वारेन्टाइन बसाईपछि कोभिड-१९ को कुनै लक्षण छैन भने मात्र यात्रा गर्न मन्त्रालयले अनुरोध गरेको छ। क्‍वारेन्टाइनमा बस्दा सबै व्यवस्थापन स्थानीय तहले गर्ने गौतमले बताएका छन्। होम क्‍वारेन्टाइनमा बस्नुपर्छ। त्यस्तो अवस्था हुँदैन भने सरकारले बनाएका क्‍वारेन्टाइनमा स्थानीय तहको समन्वय तथा निगरानीमा राखिन्छ। उनले भने।

पछिल्लो २४ घण्टामा चार हजार ४०० भन्दा बढी मानिसहरू क्‍वारेन्टाइनमा छन्। उनीहरू होम क्‍वारेन्टाइन र सरकारले बनाएका क्‍वारेन्टाइनमा बसेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds