पोखरा – उद्योग विभागको नयाँ तथ्यांक अनुसार चालु आवमा सबैभन्दा बढी पर्यटन क्षेत्रमा लगानीको प्रतिवद्धता आएको छ । विभागका अनुसार चालु आवमा मात्रै पर्यटन क्षेत्रमा कुल १३ अर्ब २५ करोड रुपैयाँ बराबरको विदेशी लगानीको प्रतिवद्धता आएको छ ।
यस्तै कोरोना महामारीका बीच पर्यटकीय नगरी पोखरामा ३ अर्ब रुपैयाँको विदेशी लगानीमा होटल तथा रेष्टुराँ खुल्ने तयारी भएको छ । विभागले ब्रिटिस भर्जिन आइल्यान्डबाट होटल तथा रेष्टुराँ सञ्चालनका लागि लगानीको प्रतिबद्धता आएको जानकारी दिएको छ । विभागका अनुसार कुल ३ अर्ब लगानीमा स्थापना हुने उक्त होटल तथा रेष्टुराँमा ९० वटा रुम र २०० वटा सिट क्षमता हुनेछ ।
जसमध्ये सबैभन्दा बढी ५१ वटा लगानीको प्रतिवद्धता चीनबाट आएको छ भने, बेलायतबाट २ वटा कम्पनी र ब्रिटिस भर्जिन आइल्यान्डबाट एउटा कम्पनीका लागि लगानीको प्रतिवद्धता आएको छ ।
प्रतिवद्धता अनुसार कार्य संचालन भएको खण्डमा यी सबै होटल तथा रेष्टुराँमा १५०० भन्दा बढिले रोजगारी पाउनेछन् ।
सम्बन्धित खबर
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते