गण्डकी भौतिक मन्त्रालयका ७ कर्मचारी, पत्रकारसहित चरक र जिएमसीका बिरामीमा कोरोना

गण्डकी भौतिक मन्त्रालयका ७ कर्मचारी, पत्रकारसहित चरक र जिएमसीका बिरामीमा कोरोना

Bhautik Purbadhar Bikas mantralaya

पोखरामा २० सहित गण्डकी प्रदेशमा फेरि ४४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। चौथो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ५  जिल्लाका ४४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना पुष्टि हुनेमा स्याङ्जाका १,  तनहुँका २, कास्कीका २०, नवलपुर ५, लमजुङका १६ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् । यस भन्दा अघि पनि पोखरामा आजै ५१ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. ७ की २५ वर्षीया महिला, ८ का ५६ वर्षीय पुरुष तथा वडा नम्बर १० की २८ वर्षीया महिला, १७ का ३८ वर्षीया १ जना महिला तथा २४ र २५ वर्षीय २  पुरुष, पोखरा २४ का ३८ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश अन्तरगत भौतिक पूर्वाधार विकास मन्त्रालयमा कार्यरत ७ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु २४, २९, ३६, ४६, ४७, ५० र ५२ वर्षीय पुरुष हुन् ।

त्यस्तै, पोखराको गण्डकी मेडिकल कलेजमा उपचाररत ३ जना बिरामीहरु ४१ र ८८ वर्षीय पुरुष तथा २६ वर्षीया महिलालाई संक्रमण पुष्टि भएको हो ।

चरक मेमोरियल अस्पतालमा उपचाररत २ जना बिरामीहरु ७० वर्षीया महिला तथा ३१ वर्षीय पुरुषलाई पनि कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पोखरा ५ का ३५ वर्षीय पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी पत्रकार हुन् । पोखरा १७ का ३ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३८ वर्षीय १ जना महिला तथा २४ र २५ वर्षीय २ जना पुरुष हुन् । यस्तै, पोखरा २४ का ३८ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds