आइतबार बिहानै पोखराका २१ सहित गण्डकीमा ६२ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।पहिलो विज्ञप्ति अनुसार क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३ जिल्लाका ६२ जनामा संक्रमण पुष्टि भएको हो । कोरोना पुष्टि हुनेमा बागलुङका ३६, कास्कीका २१, लमजुङका ५ जना छन् । कास्कीका संक्रमित सबै पोखरा महानगरपालिकाका हुन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगर वडा नं. १ का ३९ वर्षीय पुरुष, वडा नं. ४ का २९ वर्षीय पुरुष, वडा नं. ५ का ३८ र ४६ वर्षीय पुरुष तथा २० वर्षीया महिला, वडा नं. ८ का ६७ र ७० वर्षीय पुरुष, ९ की ४५ वर्षीया महिला, वडा नं. १० का ४३ वर्षीय पुरुष तथा ९ वर्षीया बालिका, वडा नं. १४ का ४३ वर्षीय पुरुष, १५ का १८ र ५६ वर्षीय पुरुष, वडा नं. १६ की ३३ वर्षीया महिला, वडा नं. १७ का ४५ वर्षीय पुरुष तथा २७ वर्षीया महिला, वडा नं. २० की ८९ वर्षीया महिला, वडा नं. २२ की २७ वर्षीया महिला, वडा नं. ३० का ३० वर्षीय पुरुष तथा ३२ का ३२ वर्षीय पुरुष रहेका छन् ।
यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४ हजार ७५३ पुगेको छ ।
सम्बन्धित खबर
पोखरा जेसिजको अध्यक्षमा भाइराज राना सर्वसम्मत
अपाङ्ग महिला सशक्तिकरण केन्द्रको मन्त्री केसीसँग ६ बुँदे माग
रवि मुछिएको सहकारी सूर्यदर्शनका बचतकर्ता साधारणसभामा जुट्दै
पोखरामा स्वरुप परिवर्तन गरिएका २३ मोटरसाइकल नियन्त्रणमा
आन्तरिक राजस्व कार्यालय पोखरामा २ लाख ५९ हजार करदाता, वार्षिक २ करोड कर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ