पोखराको चरक हस्पिटलमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

पोखराको चरक हस्पिटलमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु

chrak

पोखरामा शुक्रबार कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर ८ का ७८ वर्षीय वृद्धको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा कोरोना भाइरस संक्रमणबाट शुक्रबार बिहान  ज्यान गएको हो ।

हिजो पनि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत  ८३ वर्षीय वृद्धको  मृत्यु भएको थियो । वृद्धलाई विगत ३ दिनदेखि ज्वरो, रुघाखोकी तथा झाडापखालाको समस्या देखिएको थियो ।

वृद्धको बुधबार स्वाव संकलन गरी कोरोना परीक्षण गरिएकोमा बिहीबार कोरोना पुष्टि भएको थियो । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds