काठमाडौं, ५ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एवम् नेतृ डा. आरजु राणा देउवा दम्पत्तिले अब छोरा जयवीर देउवालाई राजनीतिमा ल्याउन चाहेका छन् ।
ढल्कँदो उमेर, आफू सभापतिमा रहँदा पार्टीले शर्मनाक हार व्यहोरेको, राष्ट्रिय सरकार सहित सबै सातै प्रदेशमा विपक्षी दल हुनुपरेको, प्रधानमन्त्री पद छाड्दा छाड्दै अत्यन्त आलोचना खेप्नुपरेको कारण देउवा अब फेरि प्रधानमन्त्री हुन्छु भन्ने सोच्न छाडिसकेका छन् ।
देउवाले पत्नी आरजुलाई अघि सार्न चाहे तर सकेनन् । श्रीमती आरजु आफ्नै नेता र कार्यकर्ताबाट समेत नपत्याईनु, आफ्नै क्षेत्रमा चुनावमा उठाउँदा समेत हार व्यहोरेको कारण उनी अगाडि आउन सक्दिनन् भन्ने देउवाको ठम्याई रहेको जानकार बताउँछन् । त्यसैले उनले अब छोरोलाई राजनीतिमा अगाडि ल्याउन चाहन्छन् ।
प्रधानमन्त्रीबाट राजिनामा दिएर बालुवाटारबाट निजी निवास बुढानिलकण्ठ पुगेको केही बेरपछि देउवा दम्पत्तिवीच छोरा जयवीरलाई राजनीतिमा ल्याउने वा नल्याउने भन्नेबारेमा एकछिन छलफल भएको उच्च स्रोतले जानकारी दिएको छ ।
सुरुमा आरजु छोरा राजनीतिमा आउन हुन्न भन्ने पक्षमा थिईन् । तर, पति देउवाले उनको कुरै सुनेन् । बरु उनले आउने महाधिवेशनबाटै जयवीरले सक्रिय राजनीति गर्नुपर्छ भनेर कड्किए । त्यसपछि आरजु पनि सहमत भएको खुलासा भएको छ ।
यता देउवाका छोरा अहिले २३ वर्षका भए । उनी बेलायतको यूनिभर्सिटी अफ योर्कमा राजनीतिशास्त्रमा अध्ययनरत छन्। जयवीरले बुवाको विरासत धान्न सक्लान् त ? यो भने अब बहसको विषय बनेको छ ।
जयवीर पनि राजनीतिशास्त्रकै विद्यार्थी भएकोले उनले सक्रिय राजनीति गर्छन् भन्ने पूर्वानुमान पहिल्यैदेखि नै थियो । तर, अहिले आएर देउवाले छोरालाई सक्रिय राजनीतिमा होम्याउनेगरि यस्तो निर्णय गरे ।
रिपोटर्स नेपालको समाचार सहयोगमा
सम्बन्धित खबर
राउटे युवक वृषबहादुरको मृत्यु, जनसङ्ख्या १३४ मा झर्यो
संविधान संशोधनमा कांग्रेस-एमाले गम्भीर बने हामी पनि भाग्दैनौँ : प्रचण्ड [अन्तर्वार्ता]
संविधान संशोधनबाट राजनीतिक अस्थिरताको सम्बोधन गर्न सकिन्छ: प्रधानमन्त्री ओली
आजदेखि धरहरा चढ्न पाइने, हाललाई प्रवेश निःशुल्क
आज संविधान दिवस हर्षोल्लासका साथ मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग