औषधि व्यवसायी र बैंकका कर्मचारीसहित व्यास नगरपालिकाका ५ जना स्थानीयमा कोरोना पुष्टि

औषधि व्यवसायी र बैंकका कर्मचारीसहित व्यास नगरपालिकाका ५ जना स्थानीयमा कोरोना पुष्टि

Corona Test PCR

तनहुँ । तनहुँमा ५ जना कोरोना संक्रमित थपिएका छन । जिल्लाको व्यास नगरपालिकामा शुक्रबार ५ जना कोरोना सङ्क्रमित थपिएका हुन ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा व्यास नगरपालिका–२, ३ र ४ का चार पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

व्यास-२ का ४२ र ५९ वर्षिय पुरुषमा कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस्तै व्यास-३ का ३४ वर्षीय पुरुष र २४ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै व्यास-४ का ३२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । व्यास-२ का एक जना संक्रमित औषधि व्यवसायी हुन ।

त्यस्तै अर्का एक संक्रमित लक्ष्मी बैंकका कर्मचारी रहेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बताए ।

२ जना भने जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रकी संक्रमित कर्मचारीको परिवारको सदस्य हुन ।

त्यस्तै अर्का एक जना भने भारतबाट आएका व्यक्तिका परिवारका सदस्य हुन ।

संक्रमित सबै व्यास नगरपालिका भित्रका स्थानीय व्यक्ति हुन ।

सबै जना कन्ट्याक्ट ट्रेसिङमा परेका व्यक्ति हुन ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds