विद्यालय जाने क्रममा कुलोले बगाएर पर्वतको फलेवासमा वालिकाको मृत्यु

विद्यालय जाने क्रममा कुलोले बगाएर पर्वतको फलेवासमा वालिकाको मृत्यु

dead-body-of-child

पर्वत – पर्वतको फलेवासमा कुलोले बगाएर एक वालिकाको मृत्यु भएको छ ।

जिल्लाको फलेवास नगरपालिका वडा नं ६ चन्दनी बस्ने मनमाया रानाकी ८ वर्षीया छोरी श्रीयासी रानाको विद्यालय जाने क्रममा कुलोले बगाएर मृत्यु भएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

प्रहरीका अनुसार वालिकालाई सोही स्थानमा रहेको कुरिया जाने कुलोले बगाउँदै गरेको स्थानीयले देखे पश्चात तत्काल उद्धार गरी धुलिखेल अस्पताल खानीगाउँ पर्वत लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान शुरु गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन थापा

अर्जुन थापा

थापा गण्डक न्यूजका सह-सम्पादक हुन् ।

ट्रेन्डिङ