विभिन्न हातहतियारसहित स्याङ्जाबाट दुई जना पक्राउ

विभिन्न हातहतियारसहित स्याङ्जाबाट दुई जना पक्राउ

pakarau syanja

स्याङ्जाको पुतलीबजार नगरपालिकाका २ जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्। पुतलीबजार ६ का ६६ वर्षीय थमन गुरूङ र २० वर्षीय सुजन गुरूङ २ वटा भरुवा बन्दुकसहित पक्राउ परेका प्रहरी नायव उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनीहरुको घर तलासी गर्दा थमनको घरबाट १ थान एकनाले भरुवा बन्दुक, १ थान भरुवा बन्दुकको नाल ब्यारलको भाग, १४५ ग्राम बारुद, ११ वटा टिनको स-साना पाता, ५ थान केप, १५६ वटा स-साना काचो सिसा र सुजनको घरबाट एकथान एकनाले भरुवा बन्दुक फेला पारी पक्राउ गरेको हो ।

दुबै जनालाई हातहतियार तथा खरखजना सम्बन्धी कसूर मुद्धा दर्ता गरी जिल्ला अदालतबाट २५ दिनको म्याद थप गरेको छ। योसँगै साउनदेखि यता (३ महिनामा) इजाजत नलिएका अबैध रुपमा घरमा राखिएका ८ वटा भरुवा बन्दुक र ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको  छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ