पोखराका ५ सहित गण्डकीमा ३७ संक्रमित थपिए

पोखराका ५ सहित गण्डकीमा ३७ संक्रमित थपिए

Pokhara ward 10 15

तस्वीरः सुदर्शन रञ्जित

पोखरामा ५ सहित गण्डकी प्रदेशमा  थप ३७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वास्थ्य निर्देशनालयको दोस्रो अद्यावधिक विज्ञप्ति अनुसा४ जिल्लाका ३७ कोरोना संक्रमित थपिएको विज्ञप्तिमा उल्लेख छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा पोखरा वडा नं ४ का २६ वर्षीय पुरुष, ६ का २५ वर्षीय पुरुष, १० का ३७ वर्षीय पुरुष, १७ का ४० र ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

तनहुँमा १ जना ब्यास नगरपालिका अन्तरगत वडा नम्बर २ का ४५ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा  बाग्लुङका १२ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित गलकोट नगरपालिकाका हुन् ।

नवलपरासीका थप १९ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित कावासोती, विनयत्रिवेणी तथा देवचुलीका हुन् । यस सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको ४ हजार ४ सय ४७ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds